PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला



रासस

म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम त्याग्नुस् : नेता सिटौला

भद्रपुर : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन्। झापाको चन्द्रगढीमा पत्रकारहरु कुरा गर्दै उनले काँग्रेसको १४औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने स्पष्ट पारे। आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा सिटौलाले भने, 'म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस्।'

उनले तोकिएको मितिमा काँग्रेसको महाधिवेशन हुन नसके सङ्गठनभित्र जटिल समस्या उत्पन्न हुने बताए। नेपाल विद्यार्थी सङ्घ, तरुण दल र महिला सङ्घलगायत पार्टीका भातृसंस्थाको महाधिवेशन पार्टीको भन्दा अगाडि गर्न नसकिए पनि शुभेच्छुक संस्था प्रेस युनियनको भने तोकिएको समयमै हुनुपर्ने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell