PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

वसन्तपुरमा उठाइयो चीर, सुरु भयो रङहरुको पर्व

वसन्तपुरमा उठाइयो चीर, सुरु भयो रङहरुको पर्व

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : मंगलवारबाट फागु अर्थात् होलीको सुरुवात भएको छ। काठमाडौंको वसन्तपुर दरबार परिसरमा लिंगोसहित चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।

आज बिहान ७:५७ बजे शुभ साइत पारी रङ्गिविचङ्गी चीर ठड्याइएको हो। आजको ठीक ८ दिनपछि फागु पूर्णिमाको दिन हर्षबढाइँ गरी चीर ढालिनेछ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। उक्त दिन चीर दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।

भगवान् श्रीकृष्णले यमुना नदीमा निर्वस्त्र नुहाइरहेका गोपिनीको कपडा चोरे। उनले रुखको हाँगामा कपडा झुन्ड्याइ अर्को रुखको हाँगामा बसेर बाँसुरी बजाउन थाले। गोपिनीहरुले आफ्ना लुगा मागे, बिन्तीभाउ गरे तर पनि कृष्णले लुगा दिएनन्। उनले गोपिनीहरुलाई प्रायश्चित्त गर्न लगाए। गोपिनीहरुले कृष्णलाई जल चढाएर प्रायश्चित्त गरेपछि मात्र कपडा झारिदिए।

कृष्णको रासलीलाको स्मरणमा गोपिनीहरुको लुगाको प्रतीकको रुपमा अग्लो खम्बामा रंगीचंगी कपडा राख्ने गरिएको लोककथा छ। नेपाल एकीकरणपछि यो चलन सुरु भएको संस्कृतिका ज्ञाताहरु बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell