PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महावीर पुन बने नेपाल बैंकको ब्राण्ड एम्बेसडर, भने : यो खबर सुनेर अचम्म नमान्नु होला



पहिलोपोस्ट

महावीर पुन बने नेपाल बैंकको ब्राण्ड एम्बेसडर, भने : यो खबर सुनेर अचम्म नमान्नु होला

वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भए। सोमबार उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष हुन्। बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा दश लाख रुपैयाँ हस्तान्तरण गर्‍यो।

खबरलाई महावीर पुनले आफ्नो फेसबुकमार्पत् 'अचम्मको खबर' भन्दै सेयर गरेका छन्। साथै अन्य कम्पनी एवं संस्थाहरुले पनि आफूलाई ब्राण्ड एम्बेसडर बनाएर केन्द्रका लागि आर्थिक सहयोग गर्न सक्ने जनाएका छन्। लेखेका छन्,'कृपया यो खबर सुनेर अचम्म नमान्नु होला। भगवानले जे गर्छन् राम्रै गर्छन्।' 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी भने पुनलाई एम्बेसडरका रुपमा पाउनुलाई गर्वको कुरा रहेको बताउँछन्। भने,'राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु खुशीको विषय हो।'

उनले नेपाल बैंक युवा उद्यमीसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेको बताए।

विदेशी दाता र जनस्तरको सहयोगमा संचालित राष्ट्रिय आविष्कार केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ। वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्ति हुन् पुन।

उनी ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता पुरस्कृत व्यक्‍ति हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell