PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

कोरोना प्रकोप :  नेकपा प्रदेश १ को भेला स्थगित, विमानस्थलबाटै फर्किए नेता



कुञ्जरमणि भट्टराई

कोरोना प्रकोप :  नेकपा प्रदेश १ को भेला स्थगित, विमानस्थलबाटै फर्किए नेता

काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम हुने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता तथा प्रशिक्षण भेला स्थगित भएको छ।

आजका लागि तय भएको भेला स्थगित भएको नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले बताए। 'कोरना भाइरसको खतरा हुन सक्ने भन्दै सरकारले नै ठूला समारोह आयोजना नगर्न आग्रह गरेकाले कार्यक्रम स्थगित भएको हो', सचिव रिजालले भने। प्रशिक्षण भेला आजको लागि झापामा गर्ने तय भएको थियो।

भेलामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम थियो। नेता  खनाल भने सोमबार नै झापा पुगिसकेका छन्।

सचिवालय सदस्यहरु रामबहादुर थापा र महासचिव पौडेल आज बिहान झापा पुग्ने कार्यक्रम थियो। तर नेता बादल भने कार्यक्रम स्थगित हुने जानकारी पाएपछि विमानस्थलबाट फर्किएका छन्। कोरोना भाइरसको जोखिम रहेको भन्दै सरकारकाले भीडभाडमा नजान अपिल गरिसकेको छ।

सरकारको अपिलपछि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सार्वजनिक कार्यक्रममा नजाने घोषणा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell