
अमेरिकाको वासिङटनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। यसअघि दुईजना संक्रमितको मृत्यु भएको खबर सार्वजनिक भएको थियो। मंगलबार विश्व स्वास्थ्य संगठनले थप चार जनाको मृत्यु भएको जनाएको हो।
वासिङटनमा मात्र १८ जनामा कोरोना संक्रमन पुष्टि भएको छ। त्यस्तै अमेरिकाका पाँचवटा राज्यमा सय जनाभन्दा बढीमा कोरोनाक संक्रमण देखिएको सीएनएनले जनाएको छ।
आज मृत्यु हुने चार जना क्रिकल्यान्डस्थित लाइफ केयर सेन्टरमा उपचाररत् थिए। उक्त नर्सिङ सेन्टरमा अन्य चार संक्रमितको पनि उपचार भइरहेको छ।
संक्रमितहरुको संख्या बढेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना भइरहेको छ। कोरोना भाइरसको संक्रमण रोक्न पूर्व तयारी नगरेको भन्दै उनको विरोध भइरहेको छ।
संक्रमणको लक्षण देखिएका र संकास्पद् व्यक्तिहरुलाई भने आइसोलेसनमा राखिएको छ। एक सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखिएको छ,'लक्षण देखिएकाहरुलाई कडा निगरानी र आवश्यक उपचारसहित राखिएको छ। ज्वरो, खोकी र रुघा लागेकाहरुलाई जाँचका लागि विशेष सुरक्षा दिइएको हो।'