PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

उच्च अदालतले थुना तोक्नुअघि नै फरार 'सिद्ध बाबा कृष्णदास'ले गरे आत्मसमर्पण



पहिलोपोस्ट

उच्च अदालतले थुना तोक्नुअघि नै फरार 'सिद्ध बाबा कृष्णदास'ले गरे आत्मसमर्पण

विराटनगर: आफ्नै अनुयायीमाथि बलात्कारको अभियोगको मुद्दामा फरार रहेका ‘सिद्ध बाबा कृष्णदास’ भनिने कृष्णबहादुर गिरी अदालतमा उपस्थित भएका छन्। सोमवार उनले जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन्।

माघ ९ गते उच्च अदालत विराटनगरका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको इजलासले बिहीवार गिरीलाई जेल चलानको लागि आदेश दिएको थियो।

तर उच्च अदालत विराटनगरमा जबर्जस्ती करणीअन्तर्गत थुनछेकको सुनवाइ चलिरहेका बेला उनी प्रहरी हवल्दार तहका आफ्ना सुरक्षागार्ड मुकेश शाहलाई नेपालमै छाडेर भारत छिरेका थिए।

गिरी मध्याह्न १२:३० बजे विराटनगरबाट जोगबनी गएका थिए। उनी विराटनगरबाट जोगबनीसम्म आफैँले चढ्दै आएको ग १ च ८१५७ नम्बरको गाडी चढेर गएका हुन्।

जबर्जस्ती करणीको जाहेरी परेपछि उनी मंसिर १२ गते विराट नर्सिङ होममा भर्ना भएका थिए। त्यहाँ उनी ३८ दिन बसे। सुनसरी जिल्ला अदालतले मंसीरमा उनलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell