PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मोदीलाई राहुल गान्धीको सुझाव : सामाजिक सञ्जाल होइन घृणा छोड्नुस्



पहिलोपोस्ट

मोदीलाई राहुल गान्धीको सुझाव : सामाजिक सञ्जाल होइन घृणा छोड्नुस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार साँझ सामाजिक सञ्जाल छोड्ने मनस्थिति बनाएको जानकारी ट्वीटरमार्फत् दिए। सामाजिक सञ्जालमा सक्रिय संसारका नेताहरुमा मोदीको नाम अग्रपंक्तिमा आउँछ। मोदीले अचानक सामाजिक सञ्जाल छोड्ने कुराले धेरैलाई आश्चर्यमा पार्‍यो।

मोदीले राति ९ बजेर ११ मिनेटमा ट्वीट गरेका थिए, 'सोचिरहेको छु कि फेसबु, ट्वीटर, इंस्टाग्राम र युट्युबबाट मेरो सामाजिक सञ्जाल एकाउन्ट बन्द गरौं।'

कुनै खास कारण नखुलाई मोदीले सामाजिक सञ्जाल बन्द गर्ने तथा निष्क्रिय रहने घोषणा गरेपछि तीब्र प्रतिक्रिया आएको छ।

भारतीय कांग्रेसका युवा नेता एवं पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीले सामाजिक सञ्जाल होइन, घृणा छोड्न सुझाव दिए। भारतीय जनता पार्टीको सरकारले मुस्लिम समुदाय विरुद्ध असहिष्णु तथा विभेदको राजनीति गरिररहको तर्फ संकेत गरेका राहुलले मोदीको ट्वीटलाई शेयर गर्दै लेखेका छन्, 'घृणा छोड्नुस्, सामाजिक सञ्जाल अकाउन्ट होइन।'

मोदीमाथि राहुलको प्रतिक्रियामा त्रिपुरामा मुख्यमन्त्री विप्लवकुमार देबले लेखेका छन्, 'त्यसो भए यहीँ कारण होला सोनिया गान्धीको सामाजिक सञ्जालको कुनै प्लेफर्ममा अकाउन्ट नभएको।'

आम आदमी पार्टीका नेता सोमनाथ भारतीले डिजिटल डण्डिया बनाउन हिँडेका मोदी आफै सामाजिक सञ्जालबाट भाग्नु आश्चर्यको कुरा भएको बताएका छन्। उनले यसभन्दा पहिले दिल्लीको हिंसाबारे जवाफ दिन माग गरेका छन्।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले सामाजिक सम्वादको माध्यम बन्द नगर्न ठीक नभएको बताएका छन्। सत्ताको मोह, द्वेषको राजनीति, मनपरी कुरा भने छोड्न उनले सुझाव दिएका छन्। अधिकांश प्रयोगकर्ताले मोदीलाई सामाजिक सञ्जाल नछोड्न अनुरोध गरिरहेका छन्।

हाल मोदीको ट्वीटर एकान्टमा ५ करोड ३३ लाखभन्दा बढी फलोअर्स छन्। फेसबुकमा पनि मोदीको पेजमा ४ करोड ४७ लाखभन्दा बढी मानिस जोडिएका छन्। उनको इन्स्टाग्राम अकाउन्टमा ३ करोड ५२ लाख मानिस जोडिएका छन्। युट्युबमा पनि लोकप्रिय मोदीलाई ४ करोड ५१ लाखले सब्स्क्राइव गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell