PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

भक्तपुर घुमे रसियन कलाकार, नगर प्रमुखले गरे स्वागत



पहिलोपोस्ट

भक्तपुर घुमे रसियन कलाकार, नगर प्रमुखले गरे स्वागत

काठमाडौं: सोमबार रसियाका कलाकारहरुले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरु घुमे। रसियन कल्चर सेन्टरकी निर्देशक युलिया एलेक्जान्दरको नेतृत्वमा आएका कलकारहरुको स्वागत नगर प्रमुख सुनिल प्रजापतिले गरेका थिए।

रसियाका कलाकार साथै खेलाडीहरुको समूहले भक्तपुर दरबार क्षेत्रबाट भ्रमण सुरु गरेका हुन्। उनीहरुले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन गरेका थिए। साथै भक्तपुरको मौलिक हस्तकला, जीवनशैली, रहनसहनको स्थलगत अवलोकन पनि गरे।

भ्रमण सँगै रसिया र नेपालका कलाकारहरुले आ-आफ्नो संस्कृति तथा परम्परा झल्कने प्रस्तुति समेत दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell