PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

फ्रान्समा कोरोनाको संक्रमण बढेपछि ‘पेरिस फेसन विक’मा नजाने भइन् दीपिका



पहिलोपोस्ट

फ्रान्समा कोरोनाको संक्रमण बढेपछि ‘पेरिस फेसन विक’मा नजाने भइन् दीपिका

मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण यो पटकको पेरिस फेसन विकमा नजाने भएकी छिन्। उनले विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण पेरिस फेसन विकमा नजाने निर्णय गरेकी हुन्

दीपिका लक्जरी फेसन ब्रान्ड ‘लुइस भिट्टोन’को निमन्त्रणामा पेरिस जाने तयारीमा थिइन्। तर कोरोना भाइरसको कारण बढ्दो खतराले गर्दा पेरिस जाने योजना उनले रद्द् गरेकी हुन्। २४ फेबुअरीदेखि फ्रान्सको राजधानीमा शुरु भएको यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ।

यसबारेमा दीपिकाको आधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेसन विकको क्रममा लुइस भिट्टोनको पिएफडब्लु २०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर फ्रान्समा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै उहाँले आफ्नो यात्रा रद्ध गर्नु परेको छ।’

दीपिका नयाँ फिल्म '८३'मा देखिनेछिन्। जसमा उनले कपिल देवकी श्रीमतीको भूमिका निभाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell