PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

६ केजी सुनसहित भारतीय नागरिक पक्राउ, जफत सुनको मूल्य ४ करोडभन्दा माथि



पहिलोपोस्ट

६ केजी सुनसहित भारतीय नागरिक पक्राउ, जफत सुनको मूल्य ४ करोडभन्दा माथि

काठमाडौं : प्रहरीले अबैधरुपमा भित्र्याएको ६ केजी सुन सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानरपालिका वडा नम्बर १५ स्थित रातोमाटेबाट ४६ वर्षीय अब्दुल मजिद अनेकललाई नियन्त्रणमा लिएको हो।

बहानबाट वीरगंजतर्फ जादै गरेको यात्रुबाहक बसलाई रोकी चेक गर्ने क्रममा अब्दुलको साथबाट प्रहरीले ६ केजी २ सय ८९ किलोग्राम सुन फेला पारेको थियो।

प्रहरीले बरामद गरेको सुनको मुल्य चार करोड २७ लाख ५८ हजार बराबर पर्न आउछ। प्रहरीले थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell