PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

गाँजा सम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा पनि दर्ता



रासस

गाँजा सम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा पनि दर्ता

हेटौँडा : गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै वाग्मती प्रदेश सभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ। मंगलवारको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए।

सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ। सो विधेयक ५३ औँ विधेयक हो। यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए।

सोमवार सङ्घीय संसद् सचिवालयमा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता गराएका थिए। किसानको जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित तथा नियमन गर्न विधेयक दर्ता गरेको प्रदेश सभा सदस्य स्थापितले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell