PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कोरनाको नेपालमा असर : रोकियो दीक्षान्त



पहिलोपोस्ट

कोरनाको नेपालमा असर : रोकियो दीक्षान्त

काठमाडौं : कोरोना भाइरसको संक्रमणको अति जोखिम मुलुकमा परेको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तेह्रौं दीक्षान्त समारोह कार्यक्रम स्थगित गरेको छ।

आज एक सूचना जारी गर्दै फागुन २४ गतेका लागि निर्धारित दीक्षान्त समारोह स्थगित भएको जानकारी दिएको हो।

'विश्वव्यापी रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरसको संक्रमणको अति जोखिमपूर्ण क्षेत्र अन्तर्गत नेपाल पनि रहेको हुँदा सो भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले विभिन्न प्रकारको तयारी गर्दै गरेको एवं संक्रमण भित्रिन र फैलन नदिन उच्च सतर्कता अपनाउनका लागि कुनै पनि प्रकारका सभा, समारोह, सम्मेलन आदि कार्यक्रमहरु आयोजना नगर्न एड्भाइजरी जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै आयोजना गरिने भनी तय गरिएको तेह्रौं दीक्षान्त समारोहको कार्यक्रम हाललाई स्थगन गरिएको सबैमा सूचित गरिन्छ,' प्रतिष्ठानका कार्यबाहक उपकूलपति प्राध्यापक डाक्टर गुरुप्रसाद खनालद्वारा जारी सूचनामा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell