PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

रुघाखोकी र ज्वरो आएकालाई आन्तरिक विमानमा नो इन्ट्री, संघले भन्यो : विरामी भेटिए उडान नै रद्ध



पहिलोपोस्ट

रुघाखोकी र ज्वरो आएकालाई आन्तरिक विमानमा नो इन्ट्री, संघले भन्यो : विरामी भेटिए उडान नै रद्ध

काठमाडौं : रुघाखोकी र ज्वरोका लक्षण भएका यात्रुलाई विमान चढ्न नदिने वायुसेवा संचालक संघले जनाएको छ। कोरोना भाइरसको संवेदनशीलता भन्दै संघले रुघाखोकी र ज्वरो आएका यात्रु विमानमा रहेको पाइएमा उडान रद्ध गर्ने जनाएको छ।

वायुसेवा संचालक संघले आज एक सूचना जारी गर्दै चीनबाट सुरु भएको कोरोना भाइरस रोकथामका लागि सरकारले विभिन्न कदमहरु चालेको जनाउँदै यस्तो जानकारी गराएको हो।

७० भन्दा धेरै देशमा कोरोना फैलिएको र ३ हजार भन्दा धेरैको मृत्यु भइसकेको सन्दर्भ जोड्दै नेपाल जोखिम युक्त मुलुकभित्र परेको जनाउँदै यस्तो निर्णय गरिएको र यसबाट यात्रुमा पर्न जाने असुविधाप्रति संघले क्षमा याचना जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell