PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सरुवा भइसकेका प्रहरी जवानको तलब 'हजम' गरेको भन्दै मदन पुरस्कार विजेता पूर्व डिआइजी शाहविरुद्ध भ्रष्टाचारको मुद्दा



पहिलोपोस्ट

सरुवा भइसकेका प्रहरी जवानको तलब 'हजम' गरेको भन्दै मदन पुरस्कार विजेता पूर्व डिआइजी शाहविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह भ्रष्टाचारमा तानिएका छन्। गत माघ २८ गते सेवाबाट अवकाश पाएका पूर्व डिआइजीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्दा दायर गरेको छ।

तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा रहँदा सरुवा भएर गइसकेका प्रहरी कर्मचारीको तलबभत्ता निकालेर आफैँले लिएको भन्दै अख्तियारमा उनीविरुद्ध उजुरी परेको थियो।

२०७२ वैसाखमा प्रहरी जवान पदमा नयाँ भर्ना र २०७२ पुस २२ गते तालिम समापन भएको थियो। प्रहरी प्रधान कार्यालयको २०७२ माघ ११गते गतेको पत्रले माघ महिनादेखिको तलब/भत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सबै प्रहरी जवानहरुको सरुवा भएका थिए।

तालिम केन्द्रका समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरु र लेखा सहायकसमेतको मिलेमतोमा सरुवा भइसकेका प्रहरी जवानहरुको माघ र फागुन महिनाको तलब भत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको अभियोग उनीहरुमाथि छ।

मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा आर्थिक वर्ष २०७२/०७३ मा कार्यालय प्रमुखको रुपमा कार्यरत शाहले लेखापाल प्रहरी नायब निरीक्षक दीपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक पहरी हवल्दार केशव सिंह ऐरीसँग मिलेर सरुवा भएका १ सय ३ जना प्रहरी जवानहरुको दुई महिनाको तलब भत्ता उनीहरुले पचाएको आरोप छ। ३१ लाख ८८ हजार रुपैयाँ र १ सय ४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्ति भएकोमा २ दिनको एक लाख उनन्चास हजार छ सय गरी तेत्तीस लाख अठ्तीस हजार चौरासी रुपैयाँ कीर्ते गरी भष्ट्रचार गरेको आयोगले जानकारी दिएको छ।

साहित्यकारका रुपमा स्थापित रहेका शाहको 'छापामारको छोरो'ले २०६३ सालको मदन पुरस्कार पाएको छ। साहित्यवृत्तमा शाह स्थापित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell