PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

थ्री स्टारलाई हराउँदै आयोजकले उचाल्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि



एम बम

थ्री स्टारलाई हराउँदै आयोजकले उचाल्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि

कैलाली : आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लबले मोफसलकै सर्वाधिक धनराशिको सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करणको उपाधि जितेको छ। 

मंगलवार भएको फाइनल खेलमा थ्रीस्टारलाई १-० गोल अन्तरले हराउँदै सदूरपश्चिम ११ ले उपाधि उचालेको हो। सुदूरपश्चिमलाई च्याम्पियन बनाउन विक्रम सिंह ठकुरीले पहिलो हाफको २८ औँ मिनेटमा गरेको गोल नै निर्णाय बन्यो।

फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिदै बिक्रमले बललाई जाली चुमाएका थिए। 
प्रतियोगिताको यो उनको पाँचौं गोल समेत हो। खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका माधव भण्डारी चुनिए।

सुदुरपश्चिमले पहिलो पटक उपाधि जितेको हो। जितसँगै सुदूरपश्चिम ११ ले २१ लाख नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता थ्रीस्टारले १० लाखमा चित्त बुझायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell