
काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ। आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १२ औँ स्थानमा थियो। ‘टि ट्वान्टी’ वरियतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ।
एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ। स्कटल्याण्ड १२ र युएई १४ औँ स्थानमा रहेको छ।
‘टि ट्वान्टी’ वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौंथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ। एक दिवसीय वरियतामा भने नेपाल यथावत् रहेको छ। नयाँ वरियताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ।