PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

चीन र कोरियाबाट फर्किएका चार नेपालीमा भटिएन कोरोना



रासस

चीन र कोरियाबाट फर्किएका चार नेपालीमा भटिएन कोरोना

काठमाडौं : चीन र दक्षिण कोरियाबाट फर्किएका चार नेपाली कोरोना भाइरसबाट संक्रमित नभएको पाइएको छ। दक्षिण कोरियाबाट फर्किएका चार तथा चीनबाट फर्किएका एक नेपालीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

कोरियाबाट फर्किएका तीन तथा चीनबाट फर्किएका एक जनामा कोरोना भाइरसको परीक्षण नतिजा ‘नेगेटिभ’ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख प्रमुख सागर दाहालले जानकारी दिए।

‘चारजनाको स्वास्थ्य परीक्षण नतिजा नेगेटिभ पाइयो, कोरियाबाट फर्किएका एक जनाको स्वास्थ्य रिपोर्ट आउन बाँकी छ,’ उनले भने।

उनीहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि ‘आइसोलेसन’मा राखिएको थियो। चीनबाट घर फर्किएकालाई शनिवार तथा कोरियाबाट फर्किएकालाई आइतवार आइसोलेसनमा राखिएको थियो।

‘चारै जना घर फर्किएका छन्,’ केन्द्रका प्रमुख दाहालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell