PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजमा मनाइयो ७० औँ चिकित्सक दिवस, एसपी पन्तले भनिन् : डाक्टरले जानीजानी मान्छे मार्दैन, प्रहरी र डाक्टरको काम उस्तैउस्तै



राधेश्याम पटेल

वीरगंजमा मनाइयो ७० औँ चिकित्सक दिवस, एसपी पन्तले भनिन् : डाक्टरले जानीजानी मान्छे मार्दैन, प्रहरी र डाक्टरको काम उस्तैउस्तै

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजको आयोजनामा विविध कार्यक्रम गरी मंगलवार ७० औँ चिकित्सक दिवस मनाइएको छ। कार्यक्रमकी प्रमुख अतिथि प्रहरी उपरीक्षक गंगा पन्तले प्रहरी र चिकित्सकको काम उस्ताउस्तै भएको बताएकी छन्।

दिनरात इमान्दारीपूर्वक खटेर पनि जस नपाउने उनको भनाइ थियो। जनताको सेवाबाहेक घरपरिवारसँग भेट गर्न पनि समय नपाउने, जसको लागि अहोरात्र काम गयो उनीहरुबाटै अपमान सहनुपर्ने प्रहरी र चिकित्सक उस्तैउस्तै रहेको प्रहरी उपरीक्षक पन्तले बताइन्। उनले आफ्नो हातबाट कसैले पनि गलत कार्य गर्न चाहँदैनन् तर आरोप-प्रत्यारोपको कारण दैनिक प्रताडित हुने गरेको बताइन्।

कार्यक्रममा वरिष्ठ चिकित्सकहरुले आफ्नो कामप्रति इमानदार रही दैनिक रूपमा काम गर्दा थुनामा बस्नुपरेको बताए। जानीजानी कुनै चिकित्सकले बिरामीलाई मार्न चाहँदैन तर अस्पतालमा तोडफोड र मुद्दा लाग्ने गरेकोप्रति दुःख व्यक्त गरे। आफैँ लडेको, कसैले घाइते बनाएको अवस्थामा आफूहरू इमान्दारीताकासाथ काम गर्दागर्दै पनि कुनै अप्रिय घटना घट्दा दोष चिकित्सकमाथि लगाउनु गलत भएकोले समाजले पनि चिकित्सकको भावना बुझ्नुपर्ने उनको भनाइ थियो।

चिकित्सकहरूको एक मत नभएकोले नेपालका विभिन्न ठाउँमा चिकित्सकहरू जेल बस्नुपरेको जानकारी उनले गराएका थिए। काम गर्दा पनि अपजस आउने भएकोले जुन अवस्थामा बिरामी आउँछन्, त्यही अवस्थामा बाहिर पठाउँदा दुःख लाग्ने गरेको भन्दै उनले यस विषयमा सर्वसाधारणले सोच्ने बेला आएको चिकित्सकहरूले बताएका थिए।

चिकित्सक दिवसको अवसरमा डा रणवीर सिंह, डा विनय प्रधान, डा सुरेन्द्र लाल, डा अमरनाथ ठाकुर, डा सुशीलकुमार चौधरी, डा अरुणकुमार झा, डा अशोक दास, डा अगेन्द्रप्रसाद यादव, डा नीरज सिंहलाई सम्मान गरिएको थियो।

नेपाल चिकित्सक संघ नारायणी अञ्चलका सचिव डा नीरज सिंहले एक वर्षे कार्यकालको अवधिमा भएका कामको विवरण प्रस्तुत गरेका थिए। सो अवसरमा नारायणी अस्पताललाई ५ थान मेट्रोस र ५० थान बेडसिट हस्तान्तरण गरिएको संघका महासचिव डा उदयनारायण सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell