PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

अनुपस्थित हुने शिक्षकको काटियो तलब, ‘लिजर पिरियड’मा पढाउनेलाई प्रोत्साहन भत्ता



राधेश्याम पटेल

अनुपस्थित हुने शिक्षकको काटियो तलब, ‘लिजर पिरियड’मा पढाउनेलाई प्रोत्साहन भत्ता

वीरगंज : पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ८ मा रहेको देवनन्दन देवराज नमुना माध्यमिक विद्यालय रामनगरीको प्रशासनले विद्यालयमा अनुपस्थित हुने शिक्षकहरुको तलब कट्टा गरेको छ।

विद्यालयका ६ जना शिक्षकहरुको माघ मसान्तको तलब कट्टा गरिएको विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तवले जानकारी दिए। गत फागुन २ गते विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनरेश यादवको उपस्थितिमा शिक्षक, स्टाफले गरेको पूर्वनिर्णय अनुसार अनुपस्थित हुने ६ जना शिक्षकहरुको तलब काटिएको छ। यसबारेमा बहुदरमाई नगरपालिकाको शिक्षा विकास शाखा तथा शिक्षा विकास तथा समन्वय इकाई पर्सालाई पत्रमार्फत जानकारी गराइएको प्रधानाध्यापक श्रीवास्तवले बताए।

गुणस्तरीय शिक्षा प्रदान गर्न र शिक्षकलाई अनुशासित बनाई प्रभावकारी शिक्षक सिकाइको लागि नीतिगत निर्णय गरी यस्तो कडाइ गरिएको हो। अभिभावकहरुको सुझावमा हेलचेक्र्याइँ गर्ने शिक्षकहरुको कारबाही गर्न यस्तो कदम चालिएको हो। विद्यालयमा आधारभूत तहमा अनुपस्थित शिक्षकको कक्षामा पढाए प्रतिकक्षा ५० र मावि तहमा ६० प्रोत्साहन भत्ता दिने गरेको विद्यालयले नियम लगाएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell