PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रधानमन्त्रीलाई भुटान र जापानको शुभकामना : मिर्गौला प्रत्यारोपण सफल होस्



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई भुटान र जापानको शुभकामना : मिर्गौला प्रत्यारोपण सफल होस्

काठमाडौं : भुटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

यसैगरी नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell