PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा, भारतबाट एपोलोका चिकित्सक पनि आइपुगे



पहिलोपोस्ट

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी पूरा, भारतबाट एपोलोका चिकित्सक पनि आइपुगे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जानकारी दिएका छन्।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ। उनका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ। उनी विशेषज्ञको निरन्तर निगरानीमा छन्।

दोस्रो मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ। डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ। 

यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकलाई पनि आवश्यक पर्ने सक्ने ठानी सो अस्पतालमा आमन्त्रण गरिएको छ।

प्रधानमन्त्री ओलीलाई झापा घर भएकी भाञ्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिँदै छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell