PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

लगातार दुई हारपछि जितको खोजीमा नेपाल, थाइल्यान्डले टस जितेर ब्याटिङ गर्दै



पहिलोपोस्ट

लगातार दुई हारपछि जितको खोजीमा नेपाल, थाइल्यान्डले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं: थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा नेपाल टस हारेर फिल्डिङमा उत्रिएको छ। प्रतियोगितामा लगातार दुई हार ब्यहोरिसकेको नेपाल आजको खेल फराकिलो अन्तरले जित्नुपर्ने दवाबका साथ उत्रिएको छ। यद्यपि नेपाल शीर्ष दुईमा पर्न भने यो जित पनि पर्याप्त हुने छैन्।

बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा जारी खेलमा दुवै टिम पहिलो जितको खोजिमा हुनेछन्। नेपालले पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो भने दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो।

 थाइल्यान्ड पनि जारी प्रतियोगितामा हङकङ, मलेसिया र सिंगापुरसँग पराजित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell