PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेपाललाई थाइल्यान्डको ६७ रनको लक्ष्य, करणले लिए तीन विकेट



पहिलोपोस्ट

नेपाललाई थाइल्यान्डको ६७ रनको लक्ष्य, करणले लिए तीन विकेट

काठमाडौं: थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा घरेलु टोली थाइल्यान्डले नेपालले ६७ रनको लक्ष्य दिएको छ।

बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको हो।

थाइल्यान्डका लागि हेनो जोर्डन र फिरियापोङ सुआनचुआइले सर्वाधिक समान १३ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। यता नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १२ रन दिँदै ३ विकेट लिए। त्यस्तै अभिनास बोहोराले २ विकेट तथा सन्दीप लामिछाने र भुवन कार्कीले समान १/१ विकेट लिए।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell