PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रधानमन्त्री ओलीलाई अप्रेशन कक्षमा लगियो



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई अप्रेशन कक्षमा लगियो

काठमाडौं : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेशन कक्षमा सारिएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले सबै चेकजाँच सकेर प्रधानमन्त्री ओलीलाई विहान १० बजे अप्रेशन कक्षमा सारिएको जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ।

प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछ। प्रत्यारोपणमा सहयोग पुर्‍याउन भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालबाट पनि चिकित्सक आइसकेका छन्।

मृर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका ओलीलाई भान्जी नाता पर्ने झापाकी समिक्षा संग्रौलाले मृगौला दिँदैछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell