
काठमाडौं: थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा घरेलु टोली थाइल्यान्डलाई हराउँदै नेपालले पहिलो जित निकालेको छ। अघिल्ला दुई खेलमा पराजय भोगेको नेपालले घरेलु टोली थाइल्यान्डमाथि ९ विकेटको फराकिलो जित निकालेको हो।
बेङ्ककस्थित टेर्डथाइ स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको थाइल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो। ६७ रनको लक्ष्य पछ्याएको नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल रह्यो।
नेपालका लागि ओपन कुशल मल्लले सर्वाधिक अभिजित ३६ रन बनाउँदा पवन सर्राफले अभिजित ३६ रन बनाए। त्यस्तै पारस खड्का ९ रन बनाउँदै पभेलियन फर्किएका थिए।
त्यसअघि बलिङ गरेको थाइल्यान्डका लागि हेनो जोर्डन र फिरियापोङ सुआनचुआइले सर्वाधिक समान १३ रन बनाउँदा अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। यता नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १२ रन दिँदै ३ विकेट लिए। त्यस्तै अभिनास बोहोराले २ विकेट तथा सन्दीप लामिछाने र भुवन कार्कीले समान १/१ विकेट लिए।