PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

युवराज खतिवडा पुन : अर्थमन्त्री नियुक्त, आजै शपथ



पहिलोपोस्ट

युवराज खतिवडा पुन : अर्थमन्त्री नियुक्त, आजै शपथ

काठमाडौं : डा युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन्। खतिवडाको आजै अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ तय समेत भएको छ। 

राष्ट्रियसभाको दुई वर्षको कार्यकाल मंगलबारमात्र सकिएको थियो। खतिवडाले कार्यकाल सकिएसँगै मंगलबार नै मन्त्री पदबाट राजीनामा समेत दिएका थिए। 

संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न सक्ने संवैधानिक प्रावधान अनुसार खतिवडालाई नियुक्त गरिएको हो। व्यवस्था अनुसार ६ महिनामा खतिवडाले कुनै पनि सदनको सदस्यता प्राप्त गर्नुपर्नेछ। सदस्य बन्न नसकेमा प्रतिनिधिसभाको हालको कार्यकाल अवधिभर मन्त्री बन्न पाउने छैनन्। 

राष्ट्रपति कार्यालयले खतिवडाको नियुक्ति गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत तोकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell