PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

कोरोनाको संक्रमण रोक्न इरानमा ५४ हजार कैदी रिहा



पहिलोपोस्ट

कोरोनाको संक्रमण रोक्न इरानमा ५४ हजार कैदी रिहा
Photo : AFP

काठमाडौं : कोरोना भाइरस संक्रमणको त्रासले इरानमा ५४ हजार कैदी बन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ। इरानमा कोरोना भाइरस चीनपछि तीव्र रुपमा फैलिरहेको छ। यसलाई रोक्न त्यहाँको सरकारले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रुपमा रिहा गरेको बीबीसीले जनाएको छ।

इरानको न्यालयका प्रवक्ता घोलमहुसैन इस्माइलीले कैदीको संख्या धेरै भएका जेलमा कोरोना भाइरसको संक्रमण रोक्न कैदी रिहा गरिएको बताए। उनका अनुसार रिहा भएका कैदीमा जाँच गर्दा कोरोना भाइरस नेगेटिभ देखिएको छ। उनीहरुलाई जमानतमा अस्थायी रुपमा छोडिएको हो।

यद्यपि ५ वर्षभन्दा बढी सजाय सुनाइएका 'सुरक्षा कैदी'लाई भने इरानले रिहा गरेको छैन। इरानमा जासुसीको आरोपमा जेलमा रहेकी ब्रिटिस-इरानी च्यारिटी अभियन्ता नाजनीन जघारी-रैटक्लिफलाई चाँडै रिहा गर्ने अनुमान गरिएको छ। नाजनीनका पतिले तेहरानको एविन जेलमा रहेकी आफ्नो पत्नीलाई कोरोना भाइरस भएको दाबी गर्दै रिहा हुने विश्वास व्यक्त गरेका छन्। तर, इरानका अधिकारीहरुले नाजनीनको जाँच गर्न अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ।

नाजनीनलाई जासुसीको आरोपमा सन् २०१६ मा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाइएको थियो। ब्रिटेनले भने निर्दोष दावी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell