PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

'गेट वेल सुन पिएम केपी ओली' भन्दै विद्यार्थी पुगे टिचिङ

'गेट वेल सुन पिएम केपी ओली' भन्दै विद्यार्थी पुगे टिचिङ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि सोमबारदेखि भर्ना भएका छन्। 

प्रत्यारोपणका दिन शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरु आउने क्रम जारी छ। नेपाल सरकारका मन्त्रीहरु वसन्तकुमार नेम्वाङ, पार्वत गुरुङलगायत शिक्षण अस्पताल पुगेका छन्। 

यस्तै नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले अस्पताल परिसरमा ‘गेट वेल सुन पिएम’ लेखिएका प्लेकार्डसहित उपस्थित भएका छन्। अस्पताल परिसरमा विद्यार्थीहरु लामवद्ध भएर बसेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell