PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ४४ जना घाइते



रासस

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, ४४ जना घाइते

काठमाडौं : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका-५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन्।

रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ।

घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ।

‘घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपछि अस्पतालतर्फ पठाएका छौँ,’ प्रहरी निरीक्षक झाले भने।

गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell