
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सत्यनारायण पूजा गरिएको छ। मिर्गौला पीडित सरोकार समाजले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै सत्यनारायण पूजा गरेको हो।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुन लागेको शिक्षण अस्पतालको परिसरमा रहेको मृत्युन्जयेश्वरी महादेव मन्दिरमा पूजा गरिएको थियो समाजकी कोषाध्यक्ष जीतमाया चौधरीले प्रधानमन्त्री ओलीले स्वदेशमा उपचार गराएकामा खुसी व्यक्त गरिन्। साथै उनले दीर्घायुको कामना समेत गरिन्।