PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ। बुधवार बिहान १० बजेदेखि शुरु गरिएको प्रत्यारोपण सफल भएको चिकित्सकले जानकारी दिएका छन्।

प्राडा प्रेमराज ज्ञवालीको नेतृत्वको टोलीले ओलीको मिर्गौला प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपणमा सहयोग पुर्‍याउन भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालबाट पनि चिकित्सक आएका थिए।

मिर्गौला प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना भएका ओलीलाई भान्जी नाता पर्ने झापाकी समिक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। यो प्रधानमन्त्री ओलीको दोस्रो मिर्गौला प्रत्यारोपण हो। १३ वर्षअघि प्रधानमन्त्री ओलीको पहिलो पटक भारतको एपोलो अस्पतालमा प्रत्यारोपण भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell