PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

कोरोनाको प्रभाव कांग्रेसमा पनि : पार्टीका कार्यक्रम स्थगन, महाधिवेशन तयारीका काम भने नरोकिने



पहिलोपोस्ट

कोरोनाको प्रभाव कांग्रेसमा पनि : पार्टीका कार्यक्रम स्थगन, महाधिवेशन तयारीका काम भने नरोकिने

काठमाडौं : नेपाली कांग्रेसले राजनीतिक र सामाजिक कार्यक्रम स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कांग्रेसले भेला तथा सम्मेलनहरु स्थगन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै कांग्रेसले राजनीतिक तथा सामाजिक सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निधो गरेकोछ,’ प्रवक्ता शर्माले भने।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यक्रम स्थगन गरिएको जानकारी दिइएको हो। कांग्रेसको महाधिवेशन तयारीका काम भने नरोकिएको प्रवक्ता शर्माले जानकारी दिए।

सरकारलाई कोरोनाको संक्रमण फैलन नदिन सहयोग गर्ने कांग्रेसले जनाएको छ।

यसअघि नै कांग्रेसले १४ बुँदे अपिल जारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell