
काठमाडौं : नेपाल स्क्वास संघको आयोजनामा पिआरसी खुला स्क्वास प्रतियोगिता हुने भएको छ।
बुधवार पत्रकार सम्मेलन गरी आयोजकले आगामी शुक्रवारबाट प्रतियोगिता शुरु हुने जानकारी दिइएको हो। प्रतियोगिता २७ गतेसम्म जारी रहनेछ। पुरुष खुल्ला, महिला खुल्ला तथा मास्टर ४५ वर्षभन्दा माथिका गरी तीन विधामा प्रतिस्पर्धा गरिने छ।
ब्रिटिस गोर्खा आर्मीबाट १० जना स्क्वास खेलाडीसहित ६० जना खेलाडीहरुले प्रतियोगितामा भाग लिने आयोजकले जनाएको छ।