PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

युवराज खतिवडाले लिए मन्त्रीमा शपथ, को को भए सहभागी? 

युवराज खतिवडाले लिए मन्त्रीमा शपथ, को को भए सहभागी? 

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : डा युवराज खतिवडा अर्थमन्त्रीमा शपथ लिएका छन्। मंगलवार पदबाट राजीनामा दिएका मन्त्री खतिवडाले आजै अर्थमन्त्रीमा नियुक्ति पाएका थिए। 

अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।  शपथ समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ', प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र मन्त्रीहरुको उपस्थिति थियो।

राष्ट्रियसभाको दुई वर्षको कार्यकाल मंगलवारमात्र सकिएको थियो। खतिवडाले कार्यकाल सकिएसँगै मंगलवार नै मन्त्री पदबाट राजीनामा समेत दिएका थिए। 

संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न सक्ने संवैधानिक प्रावधान अनुसार खतिवडालाई नियुक्त गरिएको हो। व्यवस्था अनुसार ६ महिनामा खतिवडाले कुनै पनि सदनको सदस्यता प्राप्त गर्नुपर्नेछ। सदस्य बन्न नसकेमा प्रतिनिधिसभाको हालको कार्यकाल अवधिभर मन्त्री बन्न पाउने छैनन्। 

राष्ट्रपति कार्यालयले खतिवडाको नियुक्ति गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत तोकेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell