PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

अस्पतालले भन्यो : ओलीको अवस्था स्थिर, मृगौला दान गर्ने समीक्षाको अवस्था सामान्य

अस्पतालले भन्यो : ओलीको अवस्था स्थिर, मृगौला दान गर्ने समीक्षाको अवस्था सामान्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं :  प्रधान मन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

'उहाँका मुख्य सुचांकहरु राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मृगौलाले पनि काम गर्न सुरु गरिसकेको छ,' अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मृगौला दान गर्ने प्रधानमन्त्री ओलीकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ अवस्था पनि सामान्य रहेको छ। ओलीको शल्यक्रियामा उत्तम कुमार शर्मा, प्रेम ज्ञवाली, अनन्त कुमार लगायतको टोली सहभागी भएको थियो।

अस्पतालले प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण उपचार कक्षमा राखी निरन्तर उपचार सेवा दिइरहेको पनि जनाएको छ।

उनको मृगौला प्रत्यारोपण चिकित्सा टोलीमा प्राध्यापक डाक्टर दिव्या सिंह शाह, डाक्टर महेश सिग्देल, डाक्टर मुकुन्द काफ्ले र डाक्टर रविन नेपाली सहभागी थिए।

एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डाक्टर अनिल श्रेष्ठ र प्राध्यापक डाक्टर सुवास आचार्यको टोली सहभागी रहेको विज्ञप्तिमा उल्लेख छ।



ट्रेन्डिङ पोस्ट

Ncell