PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

हङकङको हारसँगै सकियो नेपालको एसिया कप पुग्ने समीकरण



पहिलोपोस्ट

हङकङको हारसँगै सकियो नेपालको एसिया कप पुग्ने समीकरण

काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा आज भएको दोस्रो खेलमा हङकङ पराजित भएको छ। सिंगापुरले हङकङलाई १६ रनले हराएसँगै नेपालको शीर्ष दुईमा पर्दै एसिया कप खेल्ने सपना पनि अपुरै रहने भएको छ।

लगातार दुई हार बेहोरेको नेपालले आजको खेलमा थाइल्यान्डमाथि फराकिलो जित निकालेको थियो। तथापि नेपालको अगाडिको यात्रा हङकङको जितमा मात्र अघि बढ्ने समीकरण थियो। तर, दोस्रो खेलको नतिजा नेपाल अनुकुल आएन। उक्त खेलमा सिंगापुरले हङकङविरुद्ध १६ रनको जित निकालेसँगै एक खेल अगावै नेपाल शीर्ष दुईमा पर्ने होडबाट बाहिरिएको हो। शीर्ष दुई टोलीले एसिया कप छनोट खेल्न पाउनेछन्।

नेपाल भोलि सिंगापुरसँग खेल्नेछ। यद्यपि सिंगापुरलाई हराएको खण्डमा पनि नेपाल शीर्ष दुईमा पर्ने छैन। अर्कोतर्फ सिंगापुर एकखेल अगावै शीर्ष दुईमा पुग्ने निश्चित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell