PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

विदेशीलाई विमानस्थलमा संकेत गर्दै सुन फाल्न लगाएर सोफामा लुकाउने शेर्पाविरुद्ध मुद्दा दायर



पहिलोपोस्ट

विदेशीलाई विमानस्थलमा संकेत गर्दै सुन फाल्न लगाएर सोफामा लुकाउने शेर्पाविरुद्ध मुद्दा दायर

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार अदालतमा मुद्दा दायर गरेको हो।

माघ ८ गते थाइ एयरलाइन्सबाट काठमाडौं आएका भियतनामी र कम्बोडियनसँग सांकेतिक संवाद गरेर अवैध रुपमा ल्याएको सुन विमानस्थलको प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा फाल्न लगाएकी थिइन् शेर्पाले। त्यसपछि उनले फालिएको  १६८५ ग्राम सुन उपसचिव कर्ण तिमिल्सिनको कार्याकक्षमा रहेको सोफा पछाडि लुकाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। विदेशीले सुन ल्याएको सुचना पाएपछि खानतलासीमा खटिएकी थिइन् शेर्पा।

आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को कसुर भएकोले देखिएकाले बिगो रु. सात लाख सात हजार सात सय सहित मुद्दा दायर गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell