PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

यौन अपराधको आरोपमा नेकपाका प्रदेश सांसद रावल पक्राउ



पहिलोपोस्ट

यौन अपराधको आरोपमा नेकपाका प्रदेश सांसद रावल पक्राउ

काठमाडौं : नेकपाका प्रदेश सांसद अक्कलबहादुर रावल पक्राउ परेका छन्।

प्रहरीले बलात्कारको अभियोगमा बुधवार सांसद रावललाई नियन्त्रणमा लिएको हो। सांसद रावलले फागुन १५ गते एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धानपछि नियन्त्रणमा लिएको हो।

'हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी सुदीप गिरीले भने।

प्रहरीमा दिएको उजुरीमा महिलाले आफूलाई माघ २१ गते बलत्कार गरेको आरोप लगाएकी छिन्। आरोप लगाउने महिला सांसद रावलको चिनजानकै हुन्।

रावल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अछामको क्षेत्र नम्बर २ को प्रदेशसभा क मा विजयी भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell