PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु, चार जना घाइते



रासस

जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु, चार जना घाइते

सुर्खेत : दैलेखको धरमपोखराबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रातानाङ्गला–धरमपोखरा सडकअन्तर्गत पर्ने राउटे गल्छीमा आज कर्णाली प्रदेश ०२-००१ ज ०००७ नम्बरको जीप दुर्घटना भएको हो।

दुर्घटनामा परि मृत्यु हुनेमा सुर्खेतको चिङ्गाड गाउँपालिका-६ का देवबहादुर खड्का, वीरेन्द्रनगर-१५ का खड्गबहादुर बुढाथोकी, उनकी श्रीमती गोमा बुढाथोकी रहेका छन्।

दुर्घटनामा चार जना घाइते भएका छन्। चिङ्गाड गाउँपालिका-६ का दुर्गाबहादुर गाहा, उनकी श्रीमती चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर-८ का नरे नेपाली र वीरेन्द्रनगर-१६ का लक्ष्मी ज्ञवाली घाइते भएका हुन्। जीपमा सात यात्रु सवार थिए।

घाइते नरे र चन्द्राकुमारीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जीप अनियन्त्रित भई सडकबाट झण्डै ४०० मिटर तल खसेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell