PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

ह्योल्मो समुदायको छेच्युमा बाछमदेखि छेवाङसम्म, २२ फोटोमा हेर्नुस्

ह्योल्मो समुदायको छेच्युमा बाछमदेखि छेवाङसम्म, २२ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंमा रहेका ह्योल्मो समुदायले काठमाडौंको तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा छेच्यु पर्व मनाएका छन्।

गुरु रिम्पोछेको जन्मदिनको धार्मिक पुण्य तिथीको अवसर पारेर मनाइने छेच्यु पर्व ह्योल्मो समुदायहरुले वर्षेनी आफ्ना मुख्य धार्मिक पर्वको रुपमा मनाउने केन्द्रका महासचिव टासीदोङ्बा ह्योल्मोले जानकारी दिए।

ह्योल्मो समूदायले काठमाडौंमा यसरी मनाए छेच्यु पर्व

Posted by PahiloPost on Wednesday, March 4, 2020

के हो छेच्यु पर्व?

छेच्यु पुजा चन्द्रमास पात्रोअनुसार सोनाम ल्होसारको पर्वसँगै विभिन्न गाउँहरुमा पञ्चमीदेखि पूर्णिमासम्म मनाइन्छ भने काठमाडौंमा बसोबस गरी बस्ने हेलम्बुबासी भने त्यसको एक महिनापछि शुक्ल पक्षको दशमी दिन केन्द्रमा वार्षिक रुपमा आयोजना गर्दै आएको छ।

छेच्युको शुरुवातमा धार्मिक महत्वका पवित्र पुस्तकहरु (ह्युम) को १६थान पुस्तकहरु पाँच दिनसम्म पाठ वाचन गरी सकेपछि मनाउने चलन छ। ह्योल्मोका कतिपय गाउँहरुमा अझै पनि केही महिना अघिदेखि नै ह्युम पाठ पढ्ने गरिन्छ। ह्युम पाठ पढिसकेपछि भने छेच्युको तयारी सँगै यो पर्व मनाउने गर्दछन्।

यो धार्मिक पुजा पौराणिक बौद्ध धर्मग्रन्थ अनुसार महान गुरु रिन्पोछेद्वारा स्थापना गरी तान्त्रिक नृत्यको माध्यमबाट राक्षस माथि प्रतीकात्मक विजय प्राप्त विशेष उत्सव स्वरुप यस पर्व वार्षिक रुपमा आयोजना गर्दै आएको हो। छेच्युको विशेषता रुद्रहरुलाई बज्रयाना तांत्रिक अभ्यास मार्फत बसमा लिई उनीहरुलाई बुद्धको वचनमार्फत आशीर्वाद प्रदान गरी नकारात्मक कर्म शुद्ध पार्ने अनि मुक्ति दिलाउने महत्वपूर्ण एवं महान उपलब्धिको क्षणको हो।

कार्यक्रमको सुरुवात स्थानीय देवी देवताहरुलाई प्रकृतिको पुजा “साङ” गरिन्छ, जसबाट नकारात्मक कर्म तथा शक्तिको निर्मुल पारी तथा नयाँ सकरात्मक ऊर्जा थप्ने विश्वास गरिन्छ। तीन दिनसम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाईने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछृको प्रतिक स्वरुपका साथ अन्य विभिन्न देवी देवताका विभिन्न मुद्राका मुकुण्डोहरु लगाएर धार्मिक पूजा गर्दै नाच्ने गर्दछन्, जसलाई बाछ्याम भनिन्छ। धार्मिक नाचको लागि भने लामाहरु आफ्नो ज्ञान अनुसारको (नम्सा) पोशाक लगाएर मात्र सहभागी गराईन्छ, यसको लाागि बौद्धिक ज्ञानमात्र नभई आध्यात्मिक ज्ञानको पनि आवश्यक हुन्छ। यो साधारण मनोरञ्जन को रुपमा मात्र नभई यो पवित्र पुजामा भाग लिए बापत विशिष्ट आशीर्वाद प्राप्त गर्ने शुभ अवसर पनि हो।

पूजा पाठ तथा धार्मिक नाँचको अलाव छेच्युका गीतको पनि छुट्टै विशिष्टता रहेको छ, जुन अर्को उत्सवमा गाईने गीत भन्दा पृथक हुन्छ, छेच्यूको प्रारम्भमा लामा क्ष्याम वा बाक्ष्यामसँगसँगै गाउनु पर्छ, जसलाई थेन्ज्याम भनिन्छ। यो गीत जो जो स्यारा डेन्जोङ ङिमा गर्दे लामो स्वरमा बिस्तारै गाउने गीत हो, सुरुको थेन्ज्याम सकिने बित्तिकै लामालाई गीतकै बोलीमा आसन ग्रहण गराइ सगुन चढाइन्छ जसलाई तेच्या वा तेरे गीत भनिन्छ। एक आपास हात समाती नाँच्दै गाउने ‘गोमा फेमा फेस्यो ह्ये, साब्सी थाङला ल्हेमो च्यी, एको पेको’ गीतहरु गाउने गरिन्छ।

पाँच दिन सम्म चल्ने यो पुजाको अन्तिम दिन छेवाङ अभिषेक तथा आध्यात्मिक अमृत जल वितरण गरी वर्ष भरी सुख, शान्ति तथा सम्बृद्धिको कामना गरिन्छ। छेच्युमा नयाँ वर्षको हर्ष बढाउने समारोह मात्र नभइ रोग व्याधि आदि निर्मूल परी सुख शान्ति छाउने प्रतीकको रुपमा लिइन्छ। यसका लागि जातीय साँस्कृतिक सम्पदाको संरक्षण र विकास गर्नु ज्यादै महत्वपूर्ण हुने भएकोले यसलाई निरन्तरताका दिँदै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell