PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

बस दुर्घटनामा तीन जनाको मृत्यु



रासस

बस दुर्घटनामा तीन जनाको मृत्यु

हेटौँडा : मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा ना ३ ख ३५५६ नम्बरको मकवानपुरगढीदेखि हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृतक तीनै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा परी १८ जना घाइते भएका छन्। मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell