PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, मिस नेपालले गरिन् स्वागत

मिस वर्ल्ड टोनी आइपुगिन् नेपाल, मिस नेपालले गरिन् स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : 'मिस वर्ल्ड २०१९' टोनी एन सिंह नेपाल आइपुगेकी छिन्। तीन दिन लामो भ्रमणका लागि उनी विहीबार बिहान काठमाडौं अवतरण गरेकी हुन्।  उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरे।

उनको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा तय भएको छ। टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन्। 

हेलम्बुकै सोस्लिङमा रहेको मिस नेपाल अनुस्काको प्रोजेक्टसमेत अवलोकन गर्नेछिन् टोनीले। त्यस्तै टोनी अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट अवलोकल गर्न मकवानपुर पनि पुग्ने कार्यक्रम रहेको छ।

हिडन ट्रिजर तथा पर्यटन मन्त्रालयसँगको समन्वयमा जमैकाकी टोनी नेपाल आएकी हुन्। 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell