PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कोरोना भाइरसका कारण हलिउड फिल्म 'नो टाइम टु डाइ'को प्रदर्शन मिति सर्‍यो



पहिलोपोस्ट

कोरोना भाइरसका कारण हलिउड फिल्म 'नो टाइम टु डाइ'को प्रदर्शन मिति सर्‍यो
PHOTO : UNIVERSAL

कोरोना भाइरसका कारण जेम्स वोन्ड सिरिजको पछिल्लो फिल्म 'नो टाइम टु डाइ'को प्रदर्शन मिति सरेको छ। अप्रिलमा प्रदर्शनमा आउने भनिएको उक्त फिल्म अब नोभेम्बरमा रिलिज हुने बताइएको छ।

पछिल्लो समय कोरोनाका कारण हलिउडसँगै बलिउड र चिनियाँ फिल्म उद्योगहरु ठप्प भएका छन्।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई मध्य नजर गर्दै फिल्मको रिलिज डेट सार्ने निर्णय लिएको निर्माण टिमले जनाएको छ। अब नो टाइम टु डाइ बेलायतमा १२ नोभेम्बरमा र २५ नोभेम्बरमा अमेरिकामा रिलिज हुनेछ। यसअघि फिल्मको व्लर्ड प्रिमियर ३१ मार्चमा लन्डनको रोयल अल्बर्ट हलमा हुने तय भएको थियो। कोरोनाले गर्दा उक्त कार्यक्रम पनि स्थगित गरिएको छ।

फिल्म हलमा मानिसहरुको भिडभाडका कारण कोरोना फैलिने डरले फिल्मको रिलिज डेट पर सारिएको बताइएको छ। यस फिल्मलाई माइकल जी विल्शन र बार्बारा ब्रोकोलीले निर्माण गरेका हुन्।

जेम्स वोन्डको फिल्महरुले चिनियाँ फिल्म बजारमा उत्कृष्ट कलेक्सन गर्दै आएका छन्। 'नो टाइम टु डाइ'ले चीन प्रदर्शनको मिति तय गरिसकेको थियो। फिल्मका कलाकारको चीन भ्रमण र प्रचार प्रसारका कार्यक्रमहरु पनि तोकिएको थियो। तर, अब बन्द भएका हल कहिले पुन: सञ्चालनमा आउँछन्, निश्चित छैन। वोन्डका यसअघिका फिल्महरु 'स्पेक्टर' र 'स्काइफल'ले चीनबाट मात्र क्रमश ८३ करोड पचास लाख डलर र दश करोड डलर कमाएको थियो। 

तर अब चीनको मात्र प्रदर्शन रोकिएन। प्राकृतिक विपत्तीका कारण विश्व फिल्म बजार प्रभावित छ जसको असर 'नो टाइम टु डाइ'मा पनि पर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell