PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा रोनाल्डिनो पक्राउ



पहिलोपोस्ट

नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा रोनाल्डिनो पक्राउ
तस्बिर: Goal.com

चर्चित फुटबलर रोनाल्डिनो  नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पक्राउ परेका छन्।

ब्राजिलियन लिजेन्ड्री खेलाडी रोनाल्डिनो  नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा पाराग्वेबाट पक्राउ परेका हुन्। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रहेका ३९ वर्षीय रोनाल्डिनो  बुधबार उनका दाइ ४९ वर्षीय रोबर्टो सहित पक्राउ परेका हुन्। उनले प्रयोग गरेको नक्कली पासपोर्ट पाराग्वेको रहेको छ।

 

'रोनाल्डिनोले नक्कली पासपोर्ट प्रयोग गरेका थिए। र, यो अपराध हो। त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं,' पाराग्वेका आन्तरिक मामिला मन्त्री  इयुक्लिडेस एचिभेटोले भनेका छन्, 'खेलकुदको लोकप्रियताका हिसाबले म उनलाई सम्मान गर्छु तर कानुनका हिसाबले जो भए पनि बराबरी हुन्छ।'

एचिभेटोले रोनाल्डिनोका बारेमा थप अध्ययन भइरहेको बताएका छन्। उनीहरु बुधबार बिहान पाराग्वे पुगेको बताइएको छ।

रोनाल्डिनोको पासपोर्टकै बारेमा पनि यो पहिलो लफडा भने होइन। सन् २०१५ मा पनि ब्राजिल उनको कागजात र अदालती प्रकृयालाई लिएर विवाद भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell