PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

कोरियाबाट फर्केका नेपाली अस्पतालबाटै गायव, कोरोनाको आशंकामा थिए उपचारमा



पहिलोपोस्ट

कोरियाबाट फर्केका नेपाली अस्पतालबाटै गायव, कोरोनाको आशंकामा थिए उपचारमा

काठमाडौं : कोरोना भाइरसको आशंकामा उपचार गराइरहेका एक युवक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट गायब भएका छन्।

कोरियाबाट आएका ३८ वर्षका ती व्यक्ति अस्पतालको झ्यालबाट भागेका हुन्। सुनसरी घर भएका उनमा कोरोनाको संक्रमण हुनसक्ने देखिएपछि उनको अस्पतालमा परीक्षण हुँदैथियो। अस्पतालबाट ती व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

कोरियामा ६ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने यसैका कारण मर्नेको संख्या ४० पुग्न लागेको छ।

कोरोना सुरु भएको मुलुक चीनमा हालसम्म ३ हजार १२ जनाको यसैका कारण मृत्यु भएको छ। त्यहाँ ८० हजार ४ सय ९ जनामा यसको संक्रमण देखिएको छ। इटलीमा ३ हजार मानिसमा संक्रमण देखिँदा सयभन्दा बढीको मृत्यु भएको छ। इरानमा पनि ९२ जनाको मृत्यु भइसकेको छ। त्यहाँ २ हजार ९ सय २२ जनामा यसको संक्रमण देखिएको छ।

कोरियामा नेपालीको संख्या उल्लेख्य रहेको छ। तर, संक्रमणबाट नेपाली प्रभावित भए नभएको खुलेको छैन। अस्पतालबाट गायव भएका ती व्यक्ति २० गतेमात्रै नेपाल आएका हुन्। उनमा कोरोनाको संक्रमणका संकेतहरु देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell