PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

यौन दुराचारको अभियोगमा एक विदेशी नागरिक पक्राउ



पहिलोपोस्ट

यौन दुराचारको अभियोगमा एक विदेशी नागरिक पक्राउ

काठमाडौं : बाल यौन दुराचार गरेको अभियोगमा बिहीवार प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अस्ट्रेलियाको मेलबर्न घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ आरुबारीस्थित कदम्बा बुद्धिष्ट प्रतिष्ठानका प्रमुख गोन्दुक रिम्पोछे रहेका छन्।

५८ वर्षीय रिम्पोछेविरुद्ध एक १५ वर्षीय बालकलाई यौन दुराचार गरेको अभियोग लागेको छ। उनले गत माघ १८ गते बालकमाथि यौन दुराचार गरेको उजुरी प्रहरीमा परेको थियो।

उनीविरुद्धमा बुधवार उजुरी परेको र अदालत बिहीवार उनलाई पक्राउ गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell