PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

खेलकुद मन्त्रीको अध्यक्षतामा बैठक : ठूला खेल गतिविधि निषेध



पहिलोपोस्ट

खेलकुद मन्त्रीको अध्यक्षतामा बैठक : ठूला खेल गतिविधि निषेध

काठमाडौं : बढ्दो कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राख्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले तत्काललाई ठूला खेल गतिविधि नगर्न सुचित गरेको छ।

आज बसेको बैठकले नोभल कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्नेमा केन्द्रित थियो।

त्यस्तै, अहिलेको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल भएको थियो। प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले परिषद्ले सम्पूर्ण खेल संघ, संस्थाहरु तथा सरोकारवालालाई समन्वय गराउन आवश्यक व्यवस्था मिलाउने सम्बन्धमा निर्णय भएको जनाए।

‘हालको अवस्थामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु सञ्चालन गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सीमाभित्र रही युवा तथा खेलकुद मन्त्रालयसँग समन्वय गरी परिषद्ले सम्पूर्ण खेल संघ, संस्थाहरु तथा सरोकारवालाहरुलाई सोही अनुरुप गर्न गराउन आवश्यक व्यवस्था मिलाउने सम्बन्धमा समेत निर्णय भएको व्यहोरा अनुरोध गर्दछु,’ आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्ले कोरोना भाइरसको संक्रमण हुन सक्ने संवेदनशीलतालाई ध्यानमा राखेर गोष्ठी, सेमिनार लगायत कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने कार्यक्रम रोक्न भनेको छ।

‘भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशील स्थलको रुपमा लिइएको हुँदा परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न यसै विज्ञप्ति मार्फत् सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell