PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

जीप दुर्घटना हुँदा १४ जना घाइते, दुई जनाको अवस्था गम्भीर



रासस

जीप दुर्घटना हुँदा १४ जना घाइते, दुई जनाको अवस्था गम्भीर

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका–६ मेलगैरामा यात्रुवाहक जीप दुर्घटना हुँदा बिहीवार १४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये हुम्ला जिल्लाका दानसिंह टमटा र अशोक बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि कैलालीतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए।

दुर्घटनामा परी घाइते भएका अन्य १२ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यात्रु संख्या बढी भएका कारण जीप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ। प्रहरीका अनुसार बैतडीबाट बाजुरातर्फ गइरहेको से १ ज १६३ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको ट्राफिक प्रहरी पुकार धामीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell