PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मुख्यमन्त्री राउतको टाउको दुखाइ बन्यो गत वर्षको ८६ करोड भुक्तानी



राधेश्याम पटेल

मुख्यमन्त्री राउतको टाउको दुखाइ बन्यो गत वर्षको ८६ करोड भुक्तानी
फाइल फोटो।

वीरगंज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख तिलक परियारसँग भेटेर संघीय सरकार मातहतका कर्मचारीले ‘असहयोग’ गरेको गुनासो गरेका छन्। गत वर्षको ८६ करोड रुपैयाँ भुक्तानीमा कर्मचारी तगारो बनेको भन्दै मुख्यमन्त्री राउतले कर्मचारीसँग सहजीकरण गरिदिन प्रदेश प्रमुख परियारलाई आग्रह समेत गरेका छन्।

मुख्यमन्त्री राउतसँगै प्रदेश सभाका सभामुख सरोज यादव र न्यायधिवक्ता दीपेन्द्र झाले बिहीवार बिहान प्रदेश प्रमुख परियारसँग करिब ४५ मिनेट भेटवार्ता गरे। प्रदेश सरकार र प्रदेश सभा दुवैले गत वर्षको भुक्तानी गर्न निर्णय गरे पनि कर्मचारीको असहयोगले समस्या भएको उनीहरुले प्रदेश प्रमुखसँग गुनासो गरेका छन्। भुक्तानी नगरे संघीय सरकारविरुद्ध धर्नामा बस्ने चेतावनी दिइसकेका मुख्यमन्त्री राउत कर्मचारीको गुनासो बोकेर पहिलो पटक प्रदेश प्रमुख कहाँ पुगेका हुन्।

मुख्यमन्त्री राउतका प्रेस संयोजक आतिश मिश्रका अनुसार प्रदेश प्रमुख र मुख्यमन्त्री भेटवार्तामा सरकारका गतिविधिबारे रिपोर्रिङ गरिएको बताए। मुख्यमन्त्री राउतले कर्मचारीका असहयोगका कारण भुक्तानी रोकिएको र त्यसै कारणले प्रदेश सभाको बैठक सञ्चालन हुन नसकेको प्रदेश प्रमुखलाई बिफ्रिङ गरेका थिए।

‘संघीय मातहतका कर्मचारीले किन नटेरेका हुन्? के छ समस्या? प्रदेश सरकारमा बस्ने तर संघीय सरकारको निर्देशनमा चल्ने परिपाटी देखियो कर्मचारीमा, यो समस्या प्रदेश प्रमुखज्यूमार्फत संघमा पुगोस्,’ भेटवार्तामा सहभागी एक अधिकारीले मुख्यमन्त्री राउतलाई उदृढ गर्दै भने।

गत आर्थिक वर्षमा प्रदेश सरकारका ५ मन्त्रालयले उपभोक्ता समितिमार्फत सम्पन्न गरेका ८ सय १४ वटा योजनाको भुक्तानी रोकिएको छ। भदौ यता ७ महिना प्रदेश सरकार र प्रदेश सभा दुवै निकायले भुक्तानी झमेला सल्टाउन प्रयास गरे पनि सम्भव हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell