PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

एक खेल अगावै बाहिरिएको नेपालको सामना अपराजित सिंगापुरसँग



पहिलोपोस्ट

एक खेल अगावै बाहिरिएको नेपालको सामना अपराजित सिंगापुरसँग

काठमाडौं : थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा आज नेपालले सिंगापुरको सामना गर्दैछ।

एक खेल अगावै शीर्ष दुईको होडबाट बाहिरिएको नेपालले आज प्रतियोगिताकै अपराजित सिंगापुरसँग खेल्न लागेको हो। नेपालले यसअघि २ खेलमा पराजय र १ खेलमा जित हात पारेर तालिकाको चौथो स्थानमा छ। यसअघि नेपालले मलेसिया र हङकङसँग पराजित भएको थियो भने थाइल्यान्डलाई हराएको थियो।

एसियाकप छनोटमा पुग्ने बाटो सकिइसकेको अवस्थामा नेपालको आजको खेल प्रतिष्ठाको लडाइँमात्र हुनेछ। अर्कोतर्फ लगातार तीन खेलमा जित निकाल्दै प्रतियोगिताको शीर्ष दुईमा स्थान सुरक्षित गरिसकेको सिंगापुरको लक्ष्य अपराजित रहँदै प्रतियोगिता जित्ने रहने छ।

बेङककस्थित टेर्डथाइ स्टेडियममा हुने खेल आज बिहान सवा ८ बजे शुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell